टी-२० सिरिजको उपाधि भिडन्त नेपाल र पीएनजीबीच

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्ने भएका छन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई १० विकेटले हराएसँगै फाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

नेपाल र पीएनजीबीचको फाइनल खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here