रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला १३ सय रुपैयाँ घट्यो

काठमाडौं । बिहीबार एकैदिन २६ सयले बढेर प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ५ सय रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here