आयरल्याण्ड ‘वुल्भ्स’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा।

टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मङ्गलवार दोस्रो खेल खेल्नेछ । १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ ।

यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here