आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्यान्ड ‘ए’ टीमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिए । आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन्।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here