नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’ लाई जितका लागि १९९ रनको ठूलो लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे ।

रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे । नेपालविरुद्ध फोस्टर र बेन हृवाइटले दुई-दुई विकेट लिँदा फिनोन हृयान्ड र गाभिनले समान एक-एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here