काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।
सोमपाल कामीले ३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट हात पारे।यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।