दोस्रो खेलमा पनि बहराइनसँग नेपाल पराजित, सिधै छनोटको सम्भावना सकियो

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको दोस्रो लेगमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको छ ।

यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो । समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन् । नेपालले अब आगामी जुन ६ मा यूएई र जुन ११ मा यमनविरुद्ध खेल्नेछ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन् । नेपालले अब आगामी जुन ६ मा यूएई र जुन ११ मा यमनविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here