सुनकोशीमा हराएका तीन जना बालबालिकामध्ये दुई जनाको भेटियो शव

काठमाडौं । उदयपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये बुधबार बिहान साढे ६ बजे बेपत्ता भएको स्थानबाट अन्दाजी एक/दुई किलोमिटर तल १२ वर्षीया रेखा मगरको शव फेला परेको हो।

यस्तै मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला परेको थियो। उनीहरूको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here