नेपाल आइडलको छनोट चरणमै तहल्का पिटेका करण परियार

काठमाडौं । बर्दियाका करण परियारको एउटा मात्रै सपना थियो, गायक बन्ने र त्यही सपना पछ्याउँदै काठमाडौं पुगे । आर्थिक अवस्था कमजोर भएपनि सपना कहाँ कमजोर हुन्छ र ! करणको बुवाले काठमाडौं ल्याएपछि उनले १००० रुपैयाँ दिएर संगीत सिक्न थाले ।

आफू बौद्धको एउटा टिनको छाप्रोमा पनि खुसी खुसी बसेर संगीत सिक्दै पेट पल्नको लागि कार्पेट डेलिभरीको काम पनि गर्न थाले र अहिले नेपाल आइडल मा उनको आवाजले सबैको मन जितेर गोल्डेन माइक पनि जितेका छन् ।

अन्ततः उनको हातमा पनि आइडलका निर्णायकले गोल्डेन माइक थमाएर एकैपटक उत्कृष्ट १२ का लागि छनौट गरे। यसपटक करणले गोल्डेन माइक जिते, उनको स्वरले धेरैको मन। अहिले सामाजिक सञ्जालले करणले पाएको लोकप्रियता देखेर सबै खुसी छन् । नेपाल आइडलको मञ्चमा आफूले गीत गाएर आमाबुवालाई प्रत्यक्ष देखाउने उनको चाहना छ। करणलाई अब ढिलोचाँडो सपना पूरा हुन्छ भन्ने लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here