नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौं । नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज हुने भनिएको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बीच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो ।

क्यानका अनुसार संशोधित कार्यतालिका चाँडै प्रकाशन हुनेछ। आइतबार नेपाल क्रिकेट संघले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो। यस अगाडि सिरिजका लागि क्यानले प्रारम्भिक टिममा बोलाएका खेलाडीबाट नै टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’टिमको घोषणा गरेको हो। नेपालको कप्तानी भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन्।

टी-२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here