धरहराभन्दा अग्लो दमक बिजनेस भ्यू टावरमा केपी ‘बा’ (फोटोफिचर)

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने दमकको मुख्य चोकबाट उत्तरपूवतर्फ झन्डै ६ किलोमिटर यात्रा गरेपछि पुगिन्छ दापागाछी।

दमक नगरपालिका–३ मा पर्ने यो ठाउँमा सघन बजार छैन। तर यहाँ १८ तले ‘भ्यु टावर’ बनेपछि चहलपहल बढेको छ। यो टावरको उचाइ १०० मिटर (धरहराभन्दा १० मिटर अग्लो) छ। २०७६ असारमा निर्माण शुरू भएको टावरको लागत झन्डै १ अर्ब ७० करोड रुपैयाँ छ।

झापा दमकस्थित दापगाछीमा व्यावसायिक भ्यु-टावर बनाउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा शिलान्यास गरेका थिए । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा लिएका हुन् ।

वाहृय तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका-३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको हो ।

भ्यु टावर आसपास पक्की बाटो पुगेको छैन। खानेपानीको सुविधा छैन, स्थानीयले कल पेलेर पानी चलाउँछन्। ढल, नहर, सिँचाइको कागजी योजना मात्रै छ। टावर वरपर धानका कुन्यू र पराले माच अझै देखिन्छन्। दशैँ–तिहारमा लगाइएको पिङको लट्ठा र लिङ्गो अझै छ।

भ्यु टावरले कसरी आम्दानी गर्ला भन्ने शंका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here