त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका सबैको पहिचान खुल्यो, ४ जना एकै परिवारका

काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here