आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो ।आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे।

त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए। बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here