केन्द्रीय कार्यालयमै रेशम-रञ्जिता पक्षबीच कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको छ ।

रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा थिइन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको थियो ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई गरेको समर्थन निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र केन्द्रमा गत फागुन २१ मा बनेको नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने भन्दै अघि बढेको रञ्जिता पक्षबीचको विवादले कुटाकुटको अवस्था सिर्जना भएको हो ।

रञ्जिता पक्ष नयाँ गठबन्धनलाई साथ दिँदै सुदूरपश्चिममा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरे पनि वर्तमान कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्दै अघि बढ्नुपर्ने रेशम पक्षको अडानले पार्टीभित्रको विवाद कुटपिटमा परिणत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here