ओरालो लाग्यो हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here