नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

काठमाडौं । भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा मंगलबार नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको हो ।

नेपालले बरोडालाई १५७ रनको चुनौती दिएकामा बरोडाले सबै विकेट गुमाएर २० ओभरमा १२९ रनमात्र बनाउन सक्यो । बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २९ रन बनाए । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here