नेपाल टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ ।

आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । यसअघि तीन खेलको टी-२० सिरिज आयरल्यान्डले २-१ जितेको थियो।

टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्। सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम खेल चैत २५ गते हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here