नेपाल बरोडासँग पराजित

काठमाडौं । भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली बरोडासँग ३७ रनले पराजित भएको छ।

टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। जबाफी ब्याटिङ गर्ने क्रममा नेपाल १८.५ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेल १६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिल साहले १ रन मात्र जोड्न सके।

गुल्सन झा २ रनमा पेभिलियन फर्कदा विवेक यादवले १७ रन बनाए। करण केसी ० र प्रतिश जिसी ६ रन जोडेर आउट भए।

यसअघिका तीनै खेल जितेर नेपाल तीन टोली सम्मिलित प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। फाइनल आइतवार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here