नेपाल पर्यटन बोर्डको सीईओ बन्न इच्छुकसँग मागियो आवेदन

काठमाडौं, २४ चैत । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन मागिएको छ । नेपाल पर्यटन बोर्डको सीइओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक आवेदकबाट आवेदन माग गरेको हो । पूर्वसीइओ धनन्जय रेग्मीको कार्यकाल सकिएपछि बोड नेतृत्वविहित छ । सीइओ पदको कार्यकाल चार वर्षको हुन्छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिन भित्र आवेदन दिन समय उपलब्ध गराइएको छ । यस पदका लागि स्नातकोत्तकर उत्तिर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ । ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here