थ्री इडियट्सका वास्तविक पात्र सोनम चिनियाँ सीमासम्म किन गर्दैछन् मार्चपास ?

२४ चैत, लद्दाख । लद्दाखका अभियन्ता तथा बलिउडको सुपरहिट चलचित्र थ्री इडियट्सका वास्तविक पात्र सोनम वाङ्चुक भारत र चीनको सीमा क्षेत्रमा मार्च पासमा उत्रिने भएका छन् । उनले ७ अप्रिलका दिन हुने यस मार्चमा सहभागी हुन आम सर्वसाधारणलाई समेत आह्वान गरेका छन् ।

मार्चलाई लक्षित गरी प्रशासनले धारा १४४ लागु गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । धारा १४४ ले चार भन्दा धेरै मानिस एक स्थानमा भेला हुन रोक लगाउँछ । यसका साथ्र प्रहरीले सो क्षेत्रमा इन्टरनेट स्पीड टूजी सम्म मात्र सिमित गर्न समेत आदेश दिएको छ ।

अघिल्लो महिना २१ दिन लामो आमरण अनसनमा बसेका पर्यावरण अभियन्ता वाङ्चुकले लद्दाखका जनतासँग सीमानामा भइरहेको अतिक्रमण विरुद्ध मार्चपासमा उत्रन आह्वान गरेका हुन् । उनले १० हजार भन्दा धेरै मानिस यो मार्चपासमा सहभागी हुने बताएका छन् ।

लद्दाखका जनताले भारतीय प्रशासन र चिनियाँका कारण लगातार आफ्नो जमिन गुमाउनु परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । यस्तो जमिनको हिस्सा १.५ लाख वर्गकिलोमिटर हाराहारी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here