अन्धविश्वासले जकडिएको एक गाउँको कथा ‘बोक्सीको घर’ (भिडियोसहित)

काठमाडौं । केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केकीलाई बोक्सीको रूपमा प्रस्तुत गरिएको छ। २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु, सेटिङ र चरित्र चित्रणबारे प्रकाश पारिएको छ ।

अन्धविश्वास र पितृसत्तात्मक सोचले जकडिएको एक नेपाली गाउँको कथावस्तु यसमा छ । ‘बोक्सीको घर’को कथा लेख्न गाउँमा पुगेकी श्वेच्छा राउतको भेट गाउँका सबै मान्छेसँग हुन्छ ।

केकीको होमप्रोडक्सन केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा सुपला सापकोटा, सुलक्षण, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सविन बाँस्तोलाको पनि अभिनय छ । यो फिल्म बैशाख १४ गते प्रदर्शन तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here