सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३६ हजार नाघ्यो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ३६ हजार २ रुपैयाँ पुगेको हो । यो नै हालसम्मको उच्च मूल्य हो । यसअघि आइतवार मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here