काठमाण्डौ । आगामी बुधबार अर्थात् कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् ।
यो समयमा सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै धानबाली नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् ।
मौसमको अवस्था हेरेर तत्कालै बाली काट्न र सुरक्षित ठाउँमा भण्डारण गर्ने व्यवस्था मिलाउन मौसमविद्हरुले आग्रह गरेका हुन। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा बुधवारदेखि आईतबारसम्म यात्रा गर्दा थप सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा मौसम प्रभावित हुन सक्ने जनाएको छ ।
