विश्वकै होचा डाक्टर, मेहेनत गरे केही असम्भव छैन भन्ने ज्यूँदो प्रमाण !

काठमाडौं । गुजरातको भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। गणेशको उचाइ तीन फिट र ताैल १८ किलो छ। २३ वर्षीय उनी बालक जस्तै देखिन्छन्, आवाज पनि त्यस्तै छ।

तर डाक्टर बन्नको लागि उनले गर्नुपरेको संघर्ष भने निकै परिपक्व र प्रेरणादायी छ। निकै होँचो कदका कारण विभेदको सामना गर्नु परेपनि उनी कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होँचो डाक्टर बन्न सफल भए। गुजरात राज्यस्थित तलाजा ठालुकामा जन्मिएका गणेशले सानै उमेरदेखि प्रतिकूलताको सामना गर्नुपर्‍यो। जन्मिदा सामान्य नै रहेका उनी ४ वर्षको हुँदा शारीरिक असन्तु लन देखिन थाल्यो ।

स्कुलमा पनि छोटो कद र ठूलो टाउकोका कारण उनी खिसिट्युरीको सिकार बने । उनलाई सानैदेखि भविष्यमा डाक्टर बन्ने इच्छा थियो । अध्ययनमा कठिन मिहिनेत गर्दै राम्रो अंकसाथ विद्यालयको पढाइ पूरा गरे । कक्षा १२ को परीक्षामा उनले ८७ प्रतिशतको उत्कृष्ट अंक ल्याए।

सन् २०१८ मा एमबीबीएसको लागि राष्ट्रिय योग्यता कम प्रवेश परीक्षा (एनईईटी)मा २३३ अंक हासिल गरे पनि उनलाई मेडिकल कलेजमा भर्ना गर्न भने दिइएन। मेडिकल काउन्सिल अफ इन्डिया (एमसीआई)ले उनको कम उचाइका कारण एमबीबीएस पढ्न अयोग्य भएको बताएको थियो।

एमसीआईले उनको उचाइ तीन फिट मात्रै भएकाले बिरामीको शल्यक्रिया गर्न निकै समस्या हुने भन्दै एमबीबीएस पढ्नबाट रोकेको थियो।

त्यसपछि उनले सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिको अधिकार ऐन, २०१६ लाई देखाएर उनको पक्षमा फैसला गर्दै भर्ना गर्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि उनी २०१९ को एमबीबीएस ब्याचमा भर्ना भए र अहिले पासआउट भएर इन्टर्न गरिरहेका छन्।

इन्डिया टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here