काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । गर्मी मौसममा खानपानमा ध्यान दिइएन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउन सक्छन् ।
गर्मी मौसममा खानपानमा त ध्यान दिनुपर्छ नै स्वस्थ रहनको लागि भरपुर मात्रामा पानी पनि पिउनुपर्छ ।काठमाडौं । संसारमा शाकाहारको तुलनामा मांसाहार नै बढी प्रचलित छ । घरबाहिर देश–विदेश यात्रामा निस्किँदा शाकाहारीलाई समस्या नै पर्ने अवस्था छ ।
अहिलेको समयमा हामीले विभिन्न बहानामा आवश्यकताभन्दा बढी मासु खानु सामान्य जस्तै भइसकेको छ । हरेक कार्यक्रम र पार्टीमा मासुका परिकार समावेश गरिएको हुन्छ ।
कतिपय संस्था र समूहले शाकाहारी बनाउने अभियान थालेता पनि मानिसको व्यक्तिगत रुचिलाई परिवर्तन गराउनु निकै नै चुनौतिपूर्ण कार्य हो ।
तर तपाईँ मांसाहारी वा शाकाहारी हुनुले पनि तपाईको स्वास्थ्यमा निकै नै फरक पार्छ । विभिन्न अध्ययनहरुले मासु खानेको भन्दा मासु नखाने शाकाहारी व्यक्तिहरुको स्वास्थ्य राम्रो हुने प्रमाणित समेत गरिसकेको छ ।
अध्ययनहरुका अनुसार सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् ।
शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ । अध्ययनहरुका अनुसार मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ ।
गर्मी मौसममा यस्ता ५ खानेकुरा धेरै नखानुस्
धेरै मसालेदार खानेकुराहरु नखाने
मसालेदार खानेकुराहरुले जिब्रोलाई स्वाद त दिन्छ तर, यस्ता खानेकुराहरुले हाम्रो शरीरलाई गम्भिर रुपमा असर गर्छ ।
धेरै मसालेदार खानेकुराहरु खानाले पेट पोल्ने र पाचन सम्बन्धि समस्याहरु देखिन सक्छ । यस्ता खानाले पेट सम्बन्धि समस्याहरु निम्त्याउनुका साथै शरीरको तापक्रम पनि वृद्धि हुने गर्छ ।
मांसाहारी भोजन कम सेवन गर्ने
गर्मी मौसममा मांसाहारी भोजनको सेवन सकेसम्म कम गर्नुपर्छ । गर्मीमा चिल्लो र धेरै मसालायुक्त मांसाहारी भोजनको सेवन गर्दा शरीरको तापक्रम बढ्नुको साथै धेरै पसिना आउने र पाचन प्रकृयामा समेत प्रभाव पर्छ ।
जंक फुड नखाने
गर्मी मौसममा जंक फुडहरुको सेवन गर्नुभन्दा हरिया सागपातको सेवन गरेमा शरीरलाई धेरै फाईदा पुग्छ । हरिया सागसब्जीहरुमा धेरै मात्रामा पोषकतत्वहरु पाईन्छ । जसले हाम्रो शरीरलाई धेरै प्रकारको रोगहरुबाट बचाउँछ ।
चिया र कफीको सेवन नगर्ने
हामीमध्ये धेरै मानिसहरुको दिनको सुरुवात चिया र कफीको चुस्की लिदै हुने गर्छ । तर, चिया र कफी दुवैले शरीरको तापक्रम बढाउने काम गर्छ त्यसैले गर्मीमा चिया कफी नपिएकै राम्रो हुन्छ ।
चिया र कफीमा पाइने क्याफिन शरीरलाई सुख्खा बनाउँछ । त्यसकारण गर्मी महिनाको सुरुवात सङ्गै चिया र कफीको सेवनबाट टाढा रहनु पर्छ ।
चीजको सेवनबाट टाढा बस्ने
हामीमध्ये धेरै मान्छेहरुलाई धेरै चिल्लो हुने चीज, बटर राखिएको खाना खान मनपर्छ । स्वादिलो हुने यस्ता खानाले हामीलाई समस्या निम्त्याउन सक्छ ।
बटरमा धरै मात्रामा क्यालोरी हुने भएकाले पोषणविदहरुका अनुसार गर्मी मौसममा चीजको सेवन कम गर्नुपर्छ । गर्मी मौसममा शरीरलाई धेरै मात्रामा पोषक तत्व र पानीको आवश्यकता पर्दछ । त्यसकारण आफ्नो डाईट लिस्टमा मौसम अनुसारका फलफूल सामेल गर्नुपर्छ ।
-एजेन्सी