विश्वकपका लागि यस्तो छ नेपालको नयाँ जर्सी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ । निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ। छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।

नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउँदो जूनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ ।

नेपालसँगै यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जून ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here