क्वार्टरफाइनलबाटै बाहिरियो इन्टरमियामी

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बिहीबार स्टाडियो बीबीभीएमा भएको खेलमा मोन्टेरीसँग दोस्रो लेगमा ३–१ ले पराजित भएपछि क्वार्टरफाइनलबाटै बाहिरिएको हो । मोन्टेरीलाई जित दिलाउन ब्रान्डन भाज्क्वेज, जर्मन बेर्टेरम र जिसस गाल्लार्डोले गोल गरे । मियामीका डियागो गोमेजले एक गोल फर्काए ।

मोन्टेरीले मियामीविरुद्ध समग्रमा ५–२ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा मोन्टेरीले मियामीलाई २–१ ले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here