सीमाक्षेत्र अवलोकनका लागि रक्षा र भौतिक मन्त्री लिएर ओलाङचुङगोला पुगे ओली (फोटोफिचर)

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टर चढेर ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

बिहीबार सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन् ।

साथमा एमाले सचिव योगेश भट्टराई पनि रहेका छन् । निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो।

त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ। तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here