विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

काठमाडौं । ‘कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुने भएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । ‘जीवन एक भोगाई हो ।

मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो, दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौं भण्डारीले भनेका छन्’ । ‘दुर्घटनाले हामीलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्झकाएको छ’ उनले लेखेका छन्।

चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here