एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।

प्रिमियर कपका लागि भारतको गुजरातस्थित वापीमा एसएमएस कप क्रिकोणात्मक सिरिजको उपाधि जित्दै नेपाली टोली बुधबार ओमान पुगेको हो।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् ।

जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ ।

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ। सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ।

उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। सो दिन फाइनल खेल हुन नसकेमा १० गतेका लागि रिजर्भ डे राखिएको छ। प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here