नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई पराजित गरेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा गुल्सन झाले ७ बलमा १९ रनको इनिङ खेले। रोहित कुमार पौडेलले २८ आसिफ शेख ३२, कुशल भूर्तेल २४, दीपेन्द्र सिंह ऐरीले २०, र कुशल मल्ल ७, रनको योगदान गरे। सन्दीप जोरा भने १२ रनमा अविजित रहे।मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here