हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । रोहितले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here