समूह चरणमा नेपाल अपराजित, साउदी ६ विकेटले पराजित

Kushal Malla of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ।

साउदी अरेवियालाई ६ विकेटले हराउँदै समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

नेपालसँगको हारसँगै साउदी अरेबियाको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ। साउदीको हारले नेट रनरेटमा अघि रहँदै हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

हङकङ र कतारको समान ४ अंक भएपनि नेट रनरेटमा अघि रहँदै हङकङले अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो।

हङकङ र कतारको समान ४ अंक भएपनि कतार नेटरनरेटमा पछि रहँदै सेमिफाइनल यात्राबाट बाहिरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here