काठ क्षेत्रको परिवेश झल्किने ‘मनसरा’को ट्रेलर

काठमाडौं । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको दोस्रो सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ।
सार्वजनिक ट्रेलरले यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। यो चलचित्र काठ क्षेत्रको परिवेश र त्यहाँ बस्ने सामान्य व्यक्तिहरूको कथामा आधारित रहेको बताइएको छ ।

ट्रेलरमा प्रवीण खतिवडालाई ब्राह्मण समुदायको युवाको भूमिकामा देख्न सकिन्छ । जो नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह बन्धनमा बाँधिएका छन् । काठ क्षेत्रमा छोरा लिएर बसेकी मिरुनालाई खोज्दै दायाहाङ राई शहर पसेको ट्रेलरमा देख्न सकिन्छ ।

फिल्ममा प्रवीण, दयाहाङ, मेनुका, मिरुनासहित विप्लव प्रतीक, हेमन्त बुढाथोकी, लोकमणि सापकोटा, विद्या कार्की, बासु खनाल लगायतको अभिनय रहेको छ । फिल्म वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here