प्रिमियर कप : यूएई र नेपाल भिड्दै, पुरानो हारको बदला लिँदै फाइनल पुग्ने अवसर

काठमाडौं । एसीसी टी-२० प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल चरणका दुई खेल हुँदै छन्। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै छ।

यस्तै आजको दोस्रो खेलमा ओमानले हङकङसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र यूएईबीचको खेल बिहान ११:४५ बाट शुरू हुनेछ। ओमान र हङकङबीचको खेल भने अपराह्न ४:१५ बाट शुरू हुनेछ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले एशिया कप २०२५ मा सहभागी हुन पाउनेछ। यसअघि सन् २०२३ को प्रिमियर कपको उपाधि जित्दै नेपालले एशिया कपमा छनोट भई भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।
 
दुई वर्षअघिको त्यो हारको बदला लिँदै नेपाल फाइनलमा स्थान पक्का गर्ने सोचमा छ । पछिल्लो एक वर्षमा नेपालको सुधार लोभलाग्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here