नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
नेपालका गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट झारे। यूएईका लागि लागि आलिसान सराफु ५१ रनमा नटआउट रहे। विष्णु सुकुमारनले २८ तथा सायद हैडरले १४ रन बनाए।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here