कतारी राजाको सुरक्षामा ड्रोनदेखि, डग र सीसीक्यामेरासम्म

काठमाडौं । कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा हुने भएको छ। मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।

सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। काठमाडौं भित्रिने नाकाहरुमा पनि विशेष जाँचको व्यवस्था मिलाइएको छ। आमिरको सुरक्षाका लागि ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ।

थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार थानी चढेको विमान अवतरणको १५ मिनेटअघि र अवतरणपछिको १५ मिनेटसम्म अन्य जहाजको उडान-अवतरणमा रोक लगाइनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि भोलि (मंगलबार) बेलुका नेपाल आउन लाग्नुभएका कतारी राजा थानीलाई विमानस्थलमै पुगेर राष्ट्रपतिले स्वागत गरे पनि औपचारिक भेट भने शीतलनिवासमा हुनेछ । राजकीय भोजको आयोजनासमेत गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here