त्रिशूलीमा हामफाले एक जोडी, महिलाको उद्धार, पुरुष बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका–५, दासढुंगा जोड्ने पुलबाट मंगलबार एक जोडी सँगै त्रिशूली नदीमा हाम फालेका छन् ।

दुवैजना रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका खुलेको प्रहरीले जनाएको छ । हाम फालेकामध्ये महिलाको उद्धार गरिएको छ । पुरुष भने बेपत्ता भएका छन् । उद्धार गरिएकी महिलाले नाम बताएकी छैनन् । नदीमा बेपत्ता भएका पुरुष भने दाङको तुलसीपुर ६ का ५१ वर्षीय खगेन्द्र डाँगी भएको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here