एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here