तराईमा अत्यधिक गर्मी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराईका भूभागमा अत्यधिक गर्मी बढेको छ। ती भूभागमा आइतबारदेखि बिहीबारसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

साथै, पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना छ। महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी को पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना रहेको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here