जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्दै देशभरका जनुसुकै पालिकाका गरिब तथा अशक्त बिरामी नागरिकले सिफारिस लिएर आए काठमाडौं महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउने बताएका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’ साथै, उनले टोल छिमेक वा आफन्त यो वर्गमा पर्ने भएमा खबर गरिदिन पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here