वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेष्टइण्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए ।

कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल र सागर ढकालले २-२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here