तथ्य जाँचका निम्ति ‘सिधाकुरा’ को टिमलाई बयान गराउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले तथ्य जाँचका निम्ति सिधाकुराको टिमलाई बयान गराउने आदेश गरेको हो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

सिधाकुराले ‘द डार्क फाइल’ शीर्षक दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित मिडिया मालिक र वरिष्ठ अधिवक्ताहरूले ‘सेटिङ’ गरेर फैसला गरेको भन्दै शृंखला प्रस्तुत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here