टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौं । टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

आगामी विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका रहेको छ । भारतले पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्ने छ ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज। रिजर्व: शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here