वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो।

उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।

आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे। फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।

नेपालका सागर ढकाल र करण केसीले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here