वेष्टइण्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेष्टइण्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो ।

नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे । नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए।

गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके। वेष्टइण्डिजका हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here