टी- २० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।

विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले टोलीमा अवसर पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् ।

नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here