लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ ।

काठेखोला गाउँपालिका- ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उनले बजारमा पठाएका छन् ।

बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको उनको भनाइ छ । ३४ वर्षीय श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गरेका हुन् । उनले उद्योग फस्टाउन थालेपछि पाँच जनालई प्रत्यक्ष रोजगारी दिएका छन् ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्न ७ वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन सुरु गरेका हुन् ।

‘कोदोको बिस्कुटको माग दैनिक १५ हजार थान छ, तर मेरो उद्योगको क्षमता दैनिक एक हजार ५०० छ’, उनले भने, ‘मैले उपभोक्ताको माग पूरा गर्नै सकेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here