कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ । आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here