गोंगबुको होटलमा एक महिलाको शव भेटियो

काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेको प्रहरीले जनाएको छ।

कार्कीविरुद्ध आत्महत्या दुरुत्साहको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ। भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here